द्वन्द्वपीडितले न्याय पाउनु पर्छ: प्रदेश प्रमुख परियार

  ०७६ फागुन १४ गते

प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले द्वन्द्वपीडितले न्याय पाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । द्वन्द्वपीडित साझा चौतारीले फागुन १३ गते जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश प्रमुख परियारले सो धारणा व्यक्त गर्नु भएको हो

photo20200226dhanusha (1)

द्वन्द्वपीडितहरूले वर्षौंदेखि समस्याहरू झेल्दै आउनु भएको प्रदेश प्रमुख परियारले उल्लेख गर्नु हुँदै द्वन्द्वपीडितले न्याय पाउनुपर्ने आफ्नो धारणा रहेको बताउनु भएको छ । पीडितहरूको न्यायको साथै समस्या समाधानको पक्षमा प्रदेश सरकार अग्रसर रहेकाले न्यायको लागि आफूले समेत पहल गर्ने प्रदेश प्रमुख परियारले प्रतिबद्धता जाहेर गर्नु भएको छ

प्रदेश प्रमुख परियारले द्वन्द्वपीडितहरूको समस्यालाई सङ्घीय सरकारको साथै सात ओटै प्रदेश सरकारहरूले तत्कालै न्याय दिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । पीडितहरूको समस्या समाधानका लागि सङ्घीय सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर काम गर्दै आएको बताउनु हुँदै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले थुप्रै उजुरीहरूबारे अध्ययन गरेको उहाँले बताउनु भएको छ । सातै प्रदेश सरकार द्वन्द्वपीडितप्रति गम्भिर हुनु पर्ने बताउनु हुँदै उहाँले प्रदेश सरकारहरूले समेत अब आउने दिनमा यस्ता द्वन्द्वात्मक स्थिति नआओस् भन्ने तर्फ उन्मुख हुन जरूरी रहेको बताउनु भएको छ ।

photo20200226dhanusha (2)

राजपा नेपालका संसदीय दलका सचेतक प्रदेश सभा सदस्य परमेश्वर साहले द्वन्द्वपीडितको अवस्था नाजुक रहेको उल्लेख गर्दै द्वन्द्वपीडितको न्यायाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

नेकपाका नेता तथा प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले द्वन्द्वका क्रममा मारिएका र वेपत्ता पारिएका परिवारजनले उचित राहत तथा न्याय नपाएकोमा दुःखेसो पोख्नु भएको छ । उहाँले द्वन्द्वका क्रममा वेपत्ता पारिएका व्यक्ति तत्तकाल सार्वजनिक गर्नु पर्ने तथा द्वन्द्वका क्रममा भएका घटनाहरूको सत्य तथ्य अनुसन्धान गर्नु पर्ने धारणा राख्नु भयो ।

photo20200226dhanusha (3)

कार्यक्रममा नेपालको १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका पीडित तथा प्रभावितहरूको पीडा, सङ्घर्ष, अधिकार तथा आवश्यकता सम्बन्धी प्रतिनिधिमूलक घटना समेटेर बनाइएको वृतचित्र सार्वजनिक एवम् प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा द्वन्द्वपीडितहरू, मानव अधिकारका क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


दिपेन्द्रप्रसाद सिंह