द्वन्द्वपीडितका लागि आएको राहात रकम फ्रिज
बैतडीमा गत आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि आएको ९ करोड ८२ लाख ५० हजार रुपियाँमध्ये ३ करोड ५७ लाख ७५ हजार ३ सय रुपियाँ फ्रिज भएको छ । ढिलो गरी अख्तियारी प्राप्त भएको र बीचमा स्थानीय तहको निर्वाचन भएकाले समयमै द्वन्द्वपीडितलाई रकम वितरण गर्न नसक्दा फ्रिज भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
असारमा मात्रै अख्तियारी आएकाले सबै रकम वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखापाल गोविन्द रावलले बताए । द्वन्द्वका बेला बैतडीमा १ सय ७१ जनाको मृत्यु भएकोमा ८१ जना सर्वसाधारण मृतकका परिवारले ५ लाख रुपियाँका दरले र ६१ जना सेना प्रहरीका मृतक परिवारले १ लाख ५० हजारका दरले राहत रकम पाएको उनले बताए ।
यस्तै बेपत्ता पारिएका २७ जनामध्ये २५ जनाका परिवारले ५ लाखका दरले राहत रकम पाएका छन् । यसैगरी विस्थापित ३ सय ३६ जनामध्ये २९ जनाले २५ हजार रुपियाँका दरले राहत रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सशस्त्र द्वन्द्वका बेला बैतडीमा १ सय ७१ जनाले ज्यान गुमाएका छन् भने २५ जना बेपत्ता पारिएका छन् । ३ सय ५० परिवार विस्थापित भएको स्थानीय शान्ति समितिसँग तथ्याङ्क रहेको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…