द्वन्द्वकालका छाडिएका दुई ओटा सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

  ०७५ चैत ७ गते

मालारानी गाउँपाालिका–३ गहेली गुफामा सशस्त्र द्वन्द्वकालमा छाडिएका दुई ओटा सकेट बम नेपाली सेनाले चैत ६ गते निष्क्रिय गराएको छ ।

चैत ६ गते गहेली गुफामा शङ्कास्पद वस्तु फेला परेको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयका निमत्ति डिएसपी खिमबहादुर घर्तीले जानकारी दिए ।

उक्त सकेट बम द्वन्द्वका छाडिएको र खिया लागेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताए ।


नारायण भुसाल