दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय

  ०७६ मङ्सिर २९ गते

ऐरावती गाउँपालिका–१ डावराका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर पठनपाठन गनुपर्ने बाध्यता कारण आफ्ना बालबालिका मावि शिक्षाबाट वञ्चित भएको अभिभावकहरूले गुनासो गनुभएको हो ।

साविकको दाङ्गवाङ्ग गाविसको ४ नम्वर वडामा पर्ने सो ठाउँमा करिव ८० घर परिवारका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर मावि विद्यालय पढ्न जाने गर्दछन् ।

गाउँमा कक्षा पाँचसम्मको बालकल्याण प्राविमा अध्ययन पुरा गरी मावि शिक्षा लिनको लागि ६ घण्टा हिँडेर दाङवाङ्ग मावि अमिलेमा जानुपर्ने बाध्यता भएको र जङ्गलको बाटो हिँडदा हिँड्दै बाटोमै रात पर्ने भएकोले आफूहरूलाई पढ्न समस्या भएको कक्षा सातमा पढ्ने बालिका विपना सारुले बताउनु भयो ।

संविधानको मौलिक हकको धारा ३१ को उपधारा १ र २ मा प्रत्येक नागरिकलाई आधारभुत शिक्षाको पहुँच हुनेछ र प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनेपनि आफ्नो गाउँका करिव १ सय २० जना बालबालिका ६ कक्षादेखि माविसम्मको शिक्षाको पहँुचबाट टाढै बस्नु परेको र त्यसमा आफूहरूले पटकपटक आवाज उठाए पनि अहिले सम्म सुनुवाइ नभएको स्थानीय ४५ वर्षीय अभिभावक युवराज आचायले बताउनु भयो ।

उहाँले गाउँमा भएको प्राविलाई कम्तिमा कक्षा ८ सम्मको आधारभुत शिक्षा प्रदान गर्ने स्वीकृत दिएमा आफ्ना बालबालिकालाई सहज हुने बताउनु भयो ।

ऐरावती गाउँपालिकका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले त्यस ठाउँका बालबाकिालाई पठनपाठन गर्न अतिनै असजिलो भएको आफूलाई जानकारी रहेका र जतिसक्दो चाँडै प्राविलाई कक्षा ८ सम्मको सञ्चालन गर्ने अनुमति तथा शिक्षक दरवन्दी दिने कोशिस गरिरहेको बताउनु भयो ।


रविन्द्र पाण्डे