देशका विभिन्न ठाउँमा बम विष्फोट
सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाई नपा-७ स्थित जिरोमाइलमा मङ्सिर ११ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । अज्ञात समूहले पूर्वबाट पश्चिमतर्फगइरहेको जिपबाट प्रेसर कुकर बम फयालेर राति ८ः३० बजेतिर विष्फोट गराएको स्थानीयवासीहरूले बताए ।
बम विष्फोट सडक छेउको झाडीमा भएकोले मानवीय तथा भैतिक क्षति नभएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीले बताए ।
इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार क्षेत्र नम्बर ६ का वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका लालबाबु पण्डितलाई लक्षित गरेर मङ्सिर १२ गते सुतली बम विष्फोट भएको छ ।
मङ्सिर १२ गते बिहान मोरङको बुढीगङ्गा गाउँपालिका-६ मा आयोजना गरिएको घरदैलो कार्यक्रमतर्फजाँदै गर्दा बुढीगङ्गा-५ हात्तिमुडा नहर छेउमा बम विष्फोट भएको हो ।
उम्मेदवार पण्डित चढेको गाडी १० मिटर पर भएका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार विसीले निर्वाचन विरोधी गतिविधिमा लागेकाहरूले नै बम विष्फोट गराएको हुन सक्ने बताए । उनले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई गिरफ्तार गरेको पनि जानकारी दिए ।
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवारलाई लक्षित गरी मङ्सिर १२ गते बिहानको राति राखिएको बम पडकँदा गाई र भैँसी घाइते भएका छन ।
प्रतिनिधि सभा निर्वचन क्षेत्र १ मा अन्तर्गत प्रदेस सभा २ का काङ्ग्रेसका उम्मेदवार हिमाल कार्कीको घर नजिकको गाईको गोठ (ग्वाली)मा राखिएको बम विष्फोट हुँदा गाई र भैँसी घाइते भएका हुन् ।
त्रियुगा नगरपालिका-७ भान्टाबारीमा रहेको कार्कीको घरमा मङ्सिर १२ गते बिहान ३ः२० बजेको समयमा शक्तिशाली बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए ।
भट्टले घटनाको प्रकृति हेर्दा प्रेसर कुकर बम हुन सक्ने अनुमान गरे । उनले भने-'घटनास्थलमा कुकरका चोइटा देखिएको छ । त्यसैले प्रेसरकुकर बम हुन सक्छ ।' घटनाको अनुसन्धान भइरहेको उनले बताए । यो समाचार तयार पारूञ्जेलसम्म घटनाको कुनै पंक्षले जिम्मा लिएको छैन ।
बम विष्फोट हुँदा गाईको कान र भैँसीको जिउभरी छर्रा लागेको उनले बताए । उम्मेदवार कार्कीले भने-'राति १० बजे म घरमा पुगेको थाहा पाएपछि मलाई नै मार्ने गरी बम राखिएको रहेछ धन्न बाँचियो ।' उनले थपे-'घरमै राख्ने गरी आएका रहेछन् । तर, राति बुवा उठेको थाहा पाएपछि ग्वालीमा फालेर भागेको हुन सक्छ ।'
यसअघि जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका-७ नेपालटारबजारमा बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गरी फर्कदैँ गर्दा बम विष्फोट गराइएको थियो ।
प्रतिनिधिसभा क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार शुरेस राई (हिमाल) र सोही क्षेत्रको प्रदेश १ का उमेदवार नारायण बुर्जा मगरलाई लक्षित गरी बम विष्फोट गराइएको थियो । अहिलेसम्म बाम लक्षित बम पड्काउने समेत गिरफ्तारीमा परेका छैनन् ।
त्यसैगरी १२ घण्टा बित्न नपाउँदै उदयपुरमा उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १२ गते बम विष्फोट गराएको छ ।
उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ का नेपाली काङ्ग्रेसका उम्मेदवार तथा पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्कामाथि माइन बम प्रहार भएको हो ।
त्रियुगा नगरपालिका-१० स्थित बेलदोभानमा आयोजित काङ्ग्रेसको चुनावी सभालाई सम्बोधन गरी फर्कने क्रममा खड्कामाथि बाबरीमा अज्ञात समूहले माइन बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।
'खड्का चढेको गाडीलाई लक्षित गरी बाबरी भन्ने स्थानमा बम प्रहार गरिएको रहेछ ।'-उनले भने- 'खड्का चढेको गाडी आगडि बढिसकेकाले कुनै पनि क्षति भएन । प्रहरीका अनुसार बम प्रहार गर्ने व्यक्ति भागेकाले खोजी कार्य भइरहेको छ ।'
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…