देवर हत्या आरोपमा भाउजु गिरफ्तार

  ०७६ चैत १० गते

सम्सी गाउँपालिका–२ पर्सादेवाडका १३ वर्षीय देवर मजेबुल अन्सारीलाई चैत ९ गते ३० वर्षीया भाउजु सविना खातुनले हत्या गरेको आरोपमा सोहि दिन जिल्ला प्रहरी कार्यालय महोत्तरीले गिरफ्तार गरेको छ ।

स्थानीयहरूले घरायसी विवादमा भाउजु सविनाले मजेवुलको घाँटी थिचेर हत्या गरेको आरोप लगाएका छन् ।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले घटना शंकास्पद देखिएकाले चैत ९ गते शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र सविना खातुनलाई गिरफ्तार गरि अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।

एसपी अधिकारीले घटना हत्या हो अथवा आत्महत्या पोस्टमार्टम रिपोर्ट पश्चात मात्र भन्न सकिने बताउनु भयो ।

मजेबुलको शंकास्पद मृत्यु भएको र शव लुकाउन खोजेको भन्दै स्थानीयहरूले थाहा पाएर प्रहरीलाई चैत ९ गते खबर गरेका थिए । खातुनका पति रोजगारीको सिलसिलामा भारतमा हुनु हुन्छ ।


अजयकुमार साह