दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ ।
आरोपितले उद्योगमा कार्यरत महिला कर्मचारीमाथि फागुन १५ गते दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाहरूले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अम्मरबहादुर गजमेरले महिला कर्मचारीले आफूमाथि दुर्व्यवहार गरेको भनी मल्लविरुद्ध उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका मल्ललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनु भयो ।
उहाँले मल्ललाई प्रमुख जिल्ला अधिकारीमार्फत सात दिन हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न म्याद लिइएको बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…