दुई विद्यार्थी सङ्गठनबिच भएको झडपमा दुई जना घाइते

  ०७४ पुस १९ गते

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बिच पुस १९ गते झडप भएको छ ।

सामाजिक सञ्जालमा कक्षा कोठाको विषयमा गरेको पोष्टलाई लिए दुई विद्यार्थी सङ्गठनका विद्यार्थीबिच झडप भएको हो ।

झडपमा अखिलका विद्यार्थी किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुवै जना घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पनि गिरफ्तार नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज आचार्यले बताए ।


दिपेन्द्र अधिकारी