दुई वर्षीया बालिकाको ‘बलात्कार’ गरी हत्या प्रयास घटनाकी आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया गाँउकी ४० वर्षीया कलावती देवी गिरीलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित गिरीले जेठ २३ गते दिउँसो प्लाष्टिकको डोरीले दुवै हात बाँधेर मुख र गुप्ताङ्गमा कपडाका टुक्राहरु कोचेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।
आरोपित गिरीले पीडित बालिकाको घरपरिवारसँग रहेको रिसइवी साँध्ने मनसायले हत्या प्रयास गरेको स्थानीयको आरोप छ ।
प्रहरीले जबरजस्तीकरणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्नका लागि बारा जिल्ला अदालतबाट जेठ २४ गते पाँच दिनको म्याद थप गराएको डिएसपी राठौरले बताए ।
मुलुकी अपराध संहिताले यस्तो हर्कतलाई पनि बलात्कार मान्छ । त्यसैले प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २४ गते कलैया अस्पतालमा गरिएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…