दुई महिलामाथि सामूहिक बलात्कारको आरोपमा उजुरी दर्ता

  ०७६ असार ३ गते

लिखु तामाकोसी गाउँपालिका दुई महिलालाई ०७६ असार १ गते ३ जनाको समूहले सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, रामेछापमा उजुरी दर्ता भएको छ । असार १ गते लिखुतामाकोसी गाउँपालिकाको धोवीबाट मन्थली आउन ट्रकमा चढेका पीडितहरूलाई सोही ट्रकका चालकसहित तीन जनाले बलात्कार गरेको आरोपमा उजुरी परेको रामेछापका प्रहरी प्रवत्ता शेख अदालतले बताए । आरोपितहरूले पीडितलाई जङ्गलमा बलात्कार गरेर लिखुतामाकोसी गाउँपालिका—६ हलेदे नजिकै ल्याएर छोडिएका दिएका थिए ।

घटनामा संलग्न भएको आरोपमा सिन्धुलीका २५ वर्षीय विजय मगरलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । घटनापछि फरार अन्य आरोपितको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पीडितहरूको असार १ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


नवराज पथिक