दुई दशकदेखि खोलाको पानी पिउन बाध्य पिल्लरीफाँटबासी
शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर टाढा पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्छन् ।
०५८ देखि यहाँ बसोबास गर्दै आएका धामीले लामो समय बित्दा पनि आफूले अझै पनि सहजरुपमा गाउँमा पानी नपाएको गुनासो गरे ।
“यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले प्यास मेटाउँदै छौँ भन्दा सहजै पत्याउनु हुन्न होला ।”-धामीले भने-“खोला सुक्दा पानीको समस्या हुन्छ । दैनिक घरमा एक जनाको समय पानी ढुवानीमै खर्च हुन्छ ।”
“अब त सिंहदरबार नै गाउँमा आएको छ भन्थे ।” धामीले भने-“यहाँ त सामान्य मौलिक अधिकारको पनि उपभोग गर्न पाएका छैनौँ ।”
पूर्व–पश्चिम राजमार्गदेखि करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त गाउँमा पानी मात्रै होइन, शिक्षा, स्वास्थ्य, सडक, बिजुलीको सुविधा पनि छैन ।
४ सयभन्दा बढी परिवार आश्रित पिल्लरीफाँटमा सरकारी उपस्थितिका नाममा एउटा प्राथमिक विद्यालय मात्रै छ । गाउँमा पानीको समस्या भएपछि संयुक्त दर्शन नेपाल नामक संस्थाले बोरिङ र सानो ट्याङ्की बनाउन सहयोग गरेको थियो ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जिल्ला खानेपानी कार्यालयबाट पिल्लरीफाँटमा खानेपानीका लागि सर्वेक्षण भइरहेको बताए ।
“पिल्लरीफाँटामा खानेपानी पुर्याउने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन ।”-उनले भने-“नगरपालिकाले केही मात्रामा भए पनि सहयोग गरेको छ ।”
चालू आर्थिक वर्षभित्रै पिल्लरीफाँटमा बत्ती पुर्याउने लक्ष्य नगरपालिकाले लिए पनि वन कार्यालयबाट प्रक्रिया मिलाउन अवरोध भइरहेको उनको भनाइ छ । समाचार साभारः रासस
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…