दीप प्रज्वलन गरेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ

  ०७४ मङ्सिर ९ गते

लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर ९ गते साँझ विराटनगरमा दीप प्रज्वलन गरिएको छ ।

Photo20171125Morang

'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ' भन्ने नाराका साथ यस वर्ष १६ दिने अभियान सुरू गरिएको हो ।

हरेक वर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन गर्ने गरिएको छ । मोरङमा पनि महिला तथा बालबालिका कार्यालय, इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, नारी विकास सङ्घ, वपरडेक, जागरण नेपाल, माइती नेपाल, साना हातहरू, के आई नेपाल, सिविन, ओरेक लगायतका संस्थाहरूको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा १६ दिनसम्म अभियानहरू सञ्चालन गरिने महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले बताइन ।

उनका अनुसार जनप्रतिनिधि महिलाहरू हिंसा न्युनिकरणमा भूमिका विषयक छलफल गरेर महिला हिंसा न्युनीकरणमा अग्रसर बनाउने कार्यक्रम रहेको छ । यस बाहेक जिल्लाभर सचेतना कार्यक्रम, र्‍यालीलगायतका कार्यक्रमहरू आयोजना गर्न लागिएको हो ।


इन्दिरा भट्टराई