दार्मा गाँउपालिकाले बनायो २४ वटा कानुन

  ०७५ वैशाख ११ गते

दार्मा गाँउपालिका सल्यानले २४ वटा कानुन बनाएर काम थालेको छ । गाँउपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैँले कानुन बनाएर काम सुरू गरेको गाँउपालिका अध्यक्ष अरूण केसीले जानकारी दिए ।

दार्माले बनाएका कानुनहरू गाँउपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणिकरण कार्यविधि नियमावली, कार्यविभाजन नियमावली, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, विनियोजन विधेयक, गाँउपालिकाको पदाधिकारीको आचारसंहिता, उपभोक्ता समिति कार्यविधि, आकस्मिक कोष सञ्चालन विधि रहेका छन् ।

यस्तै गाँउ कार्यपालिकाको बैठक भत्तासम्बन्धी, प्राविधिक कर्मचारी फिल्ड सुविधा, विपद व्यवस्थापन, पुर्वाधार व्यवस्थापन ऐन, शिक्ष ऐन, सहकारी ऐन, कृषि व्यवसायी प्रवर्धन ऐन, न्याय सम्पादन विधेयक, स्थानीय विपद तथा जलवायु उत्पादनशील निर्देशिका, राजपत्र प्रकाशन कार्यविधि रहेका छन् ।

यस्तै शिक्षा नियमावली, एफएम रेडियो सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका र सभा सञ्चालन कार्यविधि रहेका छन् । गाँउपालिकाबाट पास भएका २४ वटा नियम, कानुन र ऐन भित्र रहेर काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको गाँउपालिकाका प्रमुख केसीले बताए ।


मिना बुढाथोकी