दाउरा प्रहार गरी हत्या गरेको आरोपमा आमा गिरफ्तार

  ०७३ असोज २६ गते

६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज २५ गते राति ९ बजे दाउराले प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि धनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर केशवबहादुर बस्नेतले जानकारी दिए ।

नौ महिनाको गर्भवती रहेकी आरोपित धना मानसिक रोगबाट पीडित भएकाले उक्त हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

घटनाका बारेमा स्थानीयले इलाका प्रहरी कार्यालय सुलिचौरमा खबर गरेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडित बालिकाको पोष्टमार्टम सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा असोज २६ गते गरिएको प्रहरीले जनाएको छ ।


माधवकुमार ओली