दलित समुदायले पुजा गर्न नपाएको आरोप
परवानीपुर गाँउपालिका–१ मा शुभारम्भ भएको विष्णु महायज्ञमा दलित समुदायलाई पुजा गर्न नदिएको स्थानीय दलित समुदायका व्यक्तिहरूले आरोप लगाएका छन् ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र्र सोनलले चैत १३ गते पूजा गरी बिष्णु महायज्ञको शुभारम्भ गरे पनि दलितलाई पुजा गर्न रोक लगाइएको हो ।
यज्ञ सञ्चालन गर्न गाउँका सबै जना मिलेर तयारी पुरा गरेको तर पुजा गर्ने बेलमा दलितलाई पुजा गर्न रोक लगाइएको परवानीपुर गाउँपालिका–१ बुनियादका ४० वर्षीय राजेशराम चमारले बताए ।
कलशमा जल ल्याऔँ, पुजा सामग्री तयारी गरियो तर पुजा गर्ने बेलामा चमार भएकाले पुजामा बस्न नदिएको उनले आरोप लगाए । पूजामा बस्न पाउनु पर्छ र बस्न दिनु हुँदैन भनि दुई पक्ष बिच विवाद भयो ।
जति विवाद भए पनि पुजा गर्न नदिने भएपछि अन्य जातीलाई पुजा सुचारू गर्न दिएको चमारले बताए ।
स्थानीय ३५ वर्षीय राजेन्द्र रामले यो विष्णु महायज्ञको हवन कुण्ड बनाउन खाल्टो खनी इट्टाले दलित समुदायले बनाएको बताए ।
हामी सबै दलितले यज्ञको तयारी ग¥यौँ तर पुजा गर्ने बेलामा पूजा गर्न नदिई दुव्र्यवहार भएको उनले बताए ।
परवानीपुर गाँउपालिका–१ का वडा अध्यक्ष मिश्री महतोले विगतमा भएको महायज्ञमा दलित समुदायको सहभागिता रहेको बताए ।
तर, यस यज्ञमा केही व्याक्तिहरुले अवरोध गरेको उनले बताए । सबै कार्यमा सहकार्य गरेको र पुजा गर्न नपाएकाले दलित समुदायमा आक्रोश रहेको उनले बताए । यस यज्ञको संयोजक भएकाले यस विवाद मिलाउन पहल गरिरहेको वडा अध्यक्ष महतोले बताए ।
दलित अगुवा राजनारायण रामले संविधान विपरीत कार्यको भत्र्सना गरे । हिन्दु धर्मका अनुयायीहरू दलित समुदायलाई विचलनतिर बाध्य नपार्न उनले आग्रह गरे ।
परावानीपुरका सई नन्दकिशोर सिंहले सो महायज्ञमा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले शुरक्षा निगरानी गरिरहेको बताए ।
भोलानाथ पौडेल
संबंधित समाचारहरू
बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते
क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका ३० वर्षीय छोरा आनन्द साहको…
घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार
गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५…
अस्पतालमा नवजात शिशु सघन कक्ष नहुँदा समस्या
पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ । १५ शैया क्षमता रहेको पर्वत जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै नवजात शिशुका लागि…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–२७ घर भएका नेकपाका स्याङजा जिल्ला इञ्चार्ज…
वैकल्पिक विद्युत नहुँदा बर्थिङ सेन्टरमा प्रसूति गराउन मुस्किल
अहिले जिल्लामा बर्थिङ सेन्टर धमाधम स्थापना भएका छन् । तर, बर्थिङ सेन्टरमा विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण प्रसूति गराउन समस्या पर्ने गरेको छ । मालिका गाउँपालिकाका आठ ओटै वडाका स्वास्थ्य…