दलित महिला वडा सदस्य हत्या घटनाका आरोपित गिरफ्तार
नरहरीनाथ गाउँपालिका-९ घरभई सोही वडामा दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थान निवासी २२ वर्षीया राजीन्दा शाही, १९ वर्षीया सृजना शाही र १८ वर्षीया दुर्गा शाहीलाई जेठ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।
मृतक सार्कीले कम्मर शाहीसँग जेठ २० गते साँझ अवैध यौन सम्पर्क राखेको आरोपमा कुटपिट गरी हत्या गरेको आरोपमा शाहीका छोरीहरूले कुटपिट गर्दा सार्कीको मृत्यु भएको पीडित पक्षले जनायो ।
मृतकका छोरा पदम नेपालीले कर्तव्य ज्यान र छुवाछुत कसुर सजाए एन अनुसार आरोपीहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर निरज चौलागाँइले बताए । मृतक सार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ ।
घटनाको विषयमा दलित सेवा संघ, दलित गैरसरकारी सस्था महासंघ, नेपाल राष्टिय दलित कल्याण संघ लगाएतका दलित गैरसरकारी निकायल विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।
कालीवहादुर मल्ल
सम्बन्धित समाचारहरू
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…
पतिको खुकुरी प्रहारबाट पत्नी घाइते
धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान…