दलित महिलाको घर घरमा प्रवेश गरी कुटपिट गरेको आरोपमा उजुरी दर्ता

  ०७६ चैत ३ गते

धनुषाधाम नपा–४ रामपुर टोलमा पाँच जना दलित महिलाहरुलाई फागुन २७ गते कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै पीडित महिलाहरुले फागुन २८ गते ईलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दर्ता गराएका छन् ।

सोही नपा–३ सर्सा बस्ने राजिव यादव र जयकिशोर साह लगायत सात जना युवाहरुको समुहले दलित वस्तीमा प्रवेश गर्दै महिलाहरुलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको पीडितहरुको आरोप छ ।

युवाहरुको कुटपिट तथा दुर्व्यवहारबाट स्थानीय ४०, ३५, २५, ५८ र ४० वर्षीय महिला घाइते भएका छन् ।  घाइते उनीहरुको टाउको, पिठ्यु, हात, खुट्टा र तिघ्रा लगायत शरिरको विभिन्न भागमा चोटपटक लागेको पीडित एक महिलाले बताउनु भयो ।

घाइते उनीहरुको धनुषाधामस्थित पपुलर हस्पिटल र राजाराम पोलि क्लिनिकमा उपचार भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी इन्स्पेक्टर सुमन थापाले बताउनु भएको छ । घटनाका आरोपितहरु हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।


दिपेन्द्रप्रसाद सिंह