दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा
बराई स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वस्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा परेको स्थानीयबासिले गुनासो गरेका छन् ।
२५ वर्षअघि स्थापित उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको बराई गाविसका स्थानीय रामराज शाहीले बताए । स्वास्थ्य चौकीमा हाल एक जना कार्यलय सहयोगी मानबहादुर रोकाया रहेको रामराज शाहीले बताए ।
जनस्वास्थ्य कार्यलयका निमित्त प्रमुख ध्रुव सिंहले स्वास्थ्य चौकीमा एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको बताए । बराई स्वास्थ्य चौकीका कार्यलय प्रमुख रत्न रास्कोटी दसैँ अगाडि नै घर बिदामा गएको र तिहारपछि मात्रै स्वस्थ्य चौकीमा आउने सिंहले बताए ।
स्वास्थ्य चौकीमा घाँटी दुख्ने, जिब्रो पाक्ने, ज्वरो आउनेलगायतका बिरामीको सङ्ख्यामा वृद्धि भएको स्थानीय धनबहादुर ऐडीले बताए । उक्त स्वास्थ्य चौकीमा हाल सिटामोल बाहेक अन्य औषधि नभएको उनको गुनासो छ । स्वास्थ्य चौकीका लागी जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधि तिहार पछि नै पठाउने निमित्त प्रमुख सिंहले प्रतिवद्धता जनाए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…