दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाभकारी हुन सकेन

  ०७६ माघ ११ गते

जिल्लामा दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । रामेछाप जिल्लामा रहेको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् ।

जिल्लामा ६८ जना स्वास्थ्यकर्मीहरू अपुग रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका फोकलपर्सन केशव फुयालले बताउनु भयो । स्वास्थ्य कार्यालय रामेछापको तथ्याङ्क अनुसार जिल्लामा डाक्टर भने ६ जनाको दरबन्दि भए पनि करार सेवा लगायतमा १० जना डाक्टरहरू कार्यरत रहेको देखिएको छ । ५५ जना हेल्थ असिस्टेन्ट हुनुपर्नेमा हाल ३० जना मात्र कार्यरत छन् । २२ जनाको दरबन्दि रिक्त छ । यसैगरि १ सय १५ अहेव हुनुपर्नेमा हला ८४ मात्र कार्यरत छन् । ३१ जना अहेव रिक्त छ । १ सय १६ अनमिहरू रहनु पर्नेमा अहिले जिल्लामा ९९ जना मात्र कार्यरत छन् । १७ जनाको पद रिक्त छ । सहरी स्वास्वास्थ्य सेवा केन्द्र र सामुदायी स्वास्थ्य सेवामा समेत आवश्यकता अनुसार कर्मचारी छैनन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

कम्तिमा ३९ थरि औषधिहरू वर्षैभरि उपलब्ध हुनु पर्नेमा स्वास्थ्य संस्थाहरूले ती औषधि समेत वर्षै भरि नियमित उपलब्ध गराउन सकेको छनन् । स्वास्थ्य संस्थामा कुनै न कुन औषधि सकिई रहेन स्वास्थ्यकर्मीहरू बताउँछन् । कहिलेकाँही त स्वास्थ्य संस्था जाँद सिटामोल समेत नपाईन लिखुताकोसी गाउँपालिका–३ का मकरबहादुर खड्का बताउनु हुन्छ ।

जिल्लामा सबैभन्दा धेरै हेल्थ असिस्टेन्टको अभाव देखिएको छ । डाक्टर पछिको दक्ष प्राविधिकको रुपमा रहेका हेल्थ असिस्टेन्टहरूको दरबन्दि सरदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा समेत खालि रहेको छ । मन्थली नगरपालिकामा ११ जना हेल्थ असिस्टेन्ट हुन पर्नेमा जम्मा ६ जना मात्र कार्यरत छन् । त्यस्तै खाँडादेवी गाउँपालिकामा ८ जनाको दरबन्दिमा ३ जना मात्र कार्यरत छन् । गोकुलगंगामा भने ६ जनामा पाँच जना कार्यरत छन् ।

सबैभन्द बढी स्वास्थ्यकर्मीको अभाव लिखुतामाकोसी गाउँपालिकामा देखिएको छ । सो पालिकामा ६ जना हेल्थ असिस्टेन्टको दरबन्दिमा १ जना मात्र कार्यरत छन् । १४ जना अहेवमा सात जना मात्र कार्यरत छन् भने १४ जना अनमि हुनु पर्नेमा ११ जना मात्र कार्यरत छन् । सो गाउँपालिकाको आन्तरिक विवादको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको हो । गाउँपालिकाको यस वर्षको बजेट तथा कार्यक्रम पास नहुँदा सबै काम ठप्प छ ।

रामेछाप नगरपालिकामा पनि हेल्थ असिस्टेन्ट आधा मात्र छन् । सात जनाको दरबन्दिमा हाल चार जना हेल्थ असिस्टेन्ट कार्यरत छन् । दोरम्बा गाउँपालिकामा कूल पाँच जना हेल्थ असिस्टेन्टको दरबन्दिमा दुई जना मात्र कार्यरत रहेको कार्यालयले जनाएको छ । अझ सुनापति गाउँपालिकामा पाँच जना हेल्थ असिस्टेन्ट हुनु पर्नेमा जम्मा एक जना मात्र कार्यरत छन् । उमाकुण्डमा६ जनामा चार जना मात्र कार्यरत रहेको स्वास्थ्य कार्यालयका तथ्याङ्कमा छ ।

स्वास्थ्यको अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवस्था भएको भए पनि स्वास्थ्यकर्मीनै नभए पछि रामेछापको स्वास्थ्य सेवा प्रभाकवारी हुन सकेको छैन ।


नवराज पथिक