दमन भएको भन्दै कैदीबन्दी आन्दोलित
आफूहरू माथि दमन भएको भन्दै गोरखा कारागारका पुरूष कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । कारागारका नाइके र भाइनाइकेले दमन गरेको भन्दै कैदीबन्दीले वैशाख ११ गते कारागारको प्रवेशद्वारमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् ।
कारागारका चार नाइके र आठ नाइकेले उनीहरूमाथि दमन गरेको कैदीबन्दीको आरोप छ । आफूहरूलाई टेलिफोन शुल्क बढी उठाएको, निशुल्क हुनुपर्ने खेलकुद सामग्रीको पनि शुल्क उठाएको, भेटघाट गर्न आउने आफन्तलाई जिस्क्याउने गरेको, बिरामी हुँदा तताएको पानीको प्रति लिटर १५ रुपियाँ लिएको लगायतका १२ बुँदे विषय उठान गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
वैशाख ११ गते बिहानैबाट तालाबन्दी गरेर कैदीबन्दी आन्दोलनमा उत्रिएको कारागारका प्रशासन शाखा प्रमुख शशिधर सुवेदीले जानकारी दिए । उनीहरूले नाइके र भाइनाइकेलाई अन्यत्र सरुवा गर्नुपर्ने माग राखेका सुवेदीले बताए ।
कैदीबन्दीको मागको विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोलीले अनुसन्धान थालेको जनाएको छ । जिल्ला कारागारमा १ सय १ जना कैदीबन्दी रहेका छन् ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…