थुना मुक्त हुने वित्तिकै प्रतिबन्धित नेकपाका नेता पुनः गिरफ्तार

  ०७७ जेठ १४ गते

चौरी देउराली गाउँपालिका-५ घर भएका प्रतिबन्धित नेकपाका नेता ३९ वर्षीय लेखराज गजमेरलाई ०७७ जेठ १४ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । धुलिखेल स्थित जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका गजमेरलाई सर्वोच्च अदातलले जेठ १४ गते छोड्न आदेश दिएको थियो ।Kavre photo20200527

सर्वोच्चको आदेशपछि जिल्ला अदालत काभ्रेका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र इन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामाको रोहबरमा थुनामुक्त गरिएको थियो ।
तर सादा पोसाकमा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर सुरेश खत्रीको टोलीले गजमेरलाई प्रहरी कार्यालयको परिसर बाहिर निस्किए लगत्तै गिरफ्तार गरेको हो ।

गजमेरलाई सङ्गठित अपराध अन्तर्गत विष्फोटक पदार्थ मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेमा थुनामा राखिएको थियो । उहाँलाई ०७७ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रे ल्याइएको थियो ।
गजमेरले जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनु भएको थियो ।

पुनः गिरफ्तारमा भएका गजमेरलाई प्रहरीले बा १२ च २५७४ नम्बरको गाडीमा चढाएर काठमाडौँ तर्फ लगेको छ ।


हिरामान तामाङ