तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाका परिवारलाई ४ लाख रुपियाँ राहत प्रदान

  ०७५ असोज १२ गते

तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाकुमारी दासका परिवारलाई प्रदेश सरकारले ४ लाख रुपियाँ दिने घोषणा गरे अनुसार असोज १० गते १ लाख रुपियाँ प्रदान गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मृतक सम्झनाका बुवा जादोलाल दासलाई १ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । बाँकी ३ लाख रुपियाँ असोज १४ गते हस्तान्तरण गरिने मुख्यमन्त्री राउतले बताएका छन् ।

गएको भदौ २६ गते राति रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारी दासलाई घरमा सुतिरहेको अवस्थामा तेजाव प्रहार गरिएको थियो ।

तेजाव प्रहारबाट घाइते मध्ये उपचारको क्रममा १८ वर्षीया सम्झनाको असोज ८ गते मृत्यु भयो । अर्की घाइते १५ वर्षीया सुस्मिता किर्तिपुरस्थित अस्पतालमा उपचार भैरहेको छ ।

तेजाव प्रहार गरेको आरेपमा पीडितका छिमेकी ५० वर्षीय रामबावु पासवानलाई प्रहरीले एक साता अघि नै गिरफ्तार गरेको छ ।

आरोपित पासवानले घाइते मध्येकी १८ वर्षीया सम्झानाकुमारी दासलाई एकतर्फी प्रेमगर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


केसी लामिछाने