तुलसीपुर कारागारमा एक जना कैदीको मृत्यु

  ०७७ असार २३ गते

तुलसीपुर कारागारमा कैद सजाय भोगिरहेका कपिलवस्तु जिल्ला मायाँदेवी गाउँपालिका–४ का ६९ वर्षीय अमिरूल्ला मुसलमानको असार २२ गते उपचारको क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

लामो समयदेखि मानसिक समस्या रहेको र असार २२ गते पेटमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कारागारका जेलर युवराज परियारले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

जेलर परियारका अनुसार ठगी मुद्दामा मुसलमानलाई जिल्ला अदालत कपिलवस्तुले ०७६ असोज १५ गते ३ वर्ष कैद तोकेको थियो । मुसलमानलाई ०७६ पुस ९ गते स्थानान्तरण गरेर तुलसीपुर ल्याइएको थियो ।

मृकका छोरा ३० वर्षीय इन्तीयाक अहमद मुसलमानले असार २२ गते नै शव बुझेर लगेको जेलर परियारले बताउनु भयो ।


जयनारायण पुन