तुइनको कष्टकर यात्राले स्थानीयलाई सास्ती
खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि कार्यालय सहयोगीको भरमा दिनहुँ तुइन तर्न बाध्य छन् । तर सहयोगिको अभावमा स्थानीयलाई भने वारपार गर्न समस्या भएको छ ।
खार्पुनाथ गाउँपालिका–५ याङ्चुमा गाउँपालिकाको कार्यालय, स्वास्थ्य सेवा चौकी, जनता बैँक, लगायतका कार्यालयमा छन् । वडा नम्बर २ को छिप्रा ३ नम्बरको थाली, राया, काराङ्ग र ४ नम्बरको हिप्रो गाउँका करिब १५ सय जनताले विभिन्न सेवा दिनको लागि तुइनमार्फत कर्णाली पार गरी याङ्चु जानुपर्ने स्थानीय दलबहादुर शाहीले बताउनुभयो ।
आफू स्वास्थ्य सेवा लिन जानेक्रममा कष्टपूूर्ण रूपमा तुइनको यात्रा गर्नु पर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–३ की हस्ता बुढाले गुनासो गर्नुभयो ।
गाउँपालिकामा जाँदा आउँदा तुइन तर्ने क्रममा हातका औँलाहरूमा क्षति पुग्ने खार्पुनाथ गाउँपालिका–२ का स्थानीय बैचन्द छत्यालले बताउनुभयो । उहाँका अनुसार तुइनमा तराउने व्यक्ति नभएपछि २ देखि ३ घण्टा लगाएर खार्पु दोभानको पुल प्रयोग गरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाले १४ लाख ७४ हजार ७१ रूपियाँमा ०७७ साउन १ गते तुइन निर्माण गरेको थियो । गाउँपालिका कार्यालयको काममा ०७७ असोज ५ गते जाँदा तुइनले आफ्नो दाइने हातको कान्छि औँलाको आधा भाग काटेको छत्यालले दुःखेसो पोख्नु भयो ।
त्यस्तै तुइनमा वारपार गर्दा छोरीको हात काटीएको खार्पुनाथ गाउँपालिका–३ कि धना शाहीले गुनासो गर्नु भयो । त्यसैगरी याङ्चु प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीको पनि हात काटीएको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रूपा शाहीले उल्लेख गर्नुभयो ।
तुइनको प्रयोग गर्दा धेरै क्षति भएपछि स्थानीयहरूले गाउँपालिकासँग तुइन वारपार गराउने व्यक्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै आएको खार्पुनाथ गाउँपालिका–४ छिप्राका रामबहादुर हमालले बताउनु भयो ।
तुइन सञ्चालनमा आएपनि बजेट अभावका कारण वारपारका लागि चौकीदार राख्न नसकिने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताउनुभयो ।
सोही ठाउँको बोक्च्या गौँडामा १ लाख ४१ हजारको लागतमा ०७६ कात्तिक १० गते निर्माण भएको तुइन भने हाल बेवारीसे अवस्थामा रहेको छ । उक्त तुइनको डोरी बाहेक अन्य सामग्री कसले लियो त्यसबारे गाउँपालिका कार्यालय बेखवर छ ।
‘पटक पटक तुइनको डोरी चोरी हुने भएका कारण गौंडाको तुइन हाल बन्द छ । अब नेपालगञ्जबाट चोरी गर्न नसकिने डोरीको माग गरेका छौं । त्यसपछि मात्रै तुइन नियमित सञ्चालन हुनेछ’ गाउँपालिका अध्यक्ष रावलले भन्नु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…