ताप्लेजुङ कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी

  ०७५ पुस १८ गते

जिल्लाको ‘ङ’श्रेणीको कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी तथा थुनुवा राखिएका छन् । २५ जना क्षमताको कारागारमा १ सय १८ जना थुनुवा र कैदी छन् ।

९५ जना कैदी र २३ जना थुनुवा रहेको कारागारका निमित्त प्रमुख धनीराम सिंहले बताए । बलात्कार र बलात्कार प्रयास घटनासँग सम्बन्धितका ३९ जना छन् । निमित्त प्रमुख सिंहले भने–‘पिउने पानी, शौच र बस्न समस्या थपिएको छ । जसोतसो व्यवस्थापन गरेका छौँ ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले कारागारमा कैदी र थुनुवा बढ्दै गएकाले सेवा उपभोग गर्न समस्या हुन नदिन सचेत हुनुपर्ने खाँचो औँल्याए । विं.स. १९५२ सालमा निर्मित कारागारको अवस्था जीर्ण बनेको छ ।


देवराज गुरूङ