तलाक दिन नमान्दा कुटिएकी महिला सेफ हाउसमा

  ०७४ आउन १६ गते

दुहवी नपा-८ की २६ वर्षीया सैरा खातुनलाई तलाक दिन नमानेको भन्दै साउन १३ गते सोही वडाका वडाध्यक्ष ४५ वर्षीय मेहदी हुसैनको रोहवरमा १२ घण्टा इँटा बोकाएर यातना दिइएको छ । साथै उनीमाथि कुटपिट समेत भएको पीडित पक्षले आरोप लगाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको इनरुवा अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा उपचार भइरहेको छ । उनलाई जिल्लास्थित महिला तथा बालबालिका कार्यलयको 'सेफ हाउस'मा राखिएको सङ्कट व्यवस्थापन केन्द्रकी संयोजक मीना भण्डारीले बताइन् । केन्द्रमा उनको असुरक्षा भएपछि सेफ हाउसमा सारिएको उनको भनाइ छ ।

३२ वर्षीय सुभान मियासँग विवाह गरेकी उनले पति विदेश गएपछि आफ्नै पतिका ३० वर्षीय भाइ रजाक मियासँग दुई महिना अगाडि अर्को विवाह गरेकी थिइन् ।

दोस्रो विवाह गरेकी उनलाई वडाध्यक्ष हुसैनलगायतले मुस्लिम संस्कृति अनुसार तलाक दिन दबाव दिइरहेका थिए । तर, उनले र उनका नयाँ पतिले तलाक दिन नमानेपछि पञ्चायती बसेर उनलाई सजाय दिएर कुटपिट गरेको पीडितका काका फाहिम हाजीले बताए ।


शेखर ढकाल