डोल्पाका ग्रामीण क्षेत्रमा खाद्यान्न सङ्कट
हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका र से-फोक्सुण्डो गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ ।
मुड्केचुला गाउँपालिकामा पर्ने कालिका, इलनिल दह, सर्मिगाउँ र से-फोक्सुण्डो गाउँपालिकाका फोक्सुण्डो, भिजेर, पुग्मो, साल्दाङलगायतका बस्तीहरूमा खाद्य सङ्कट भएको स्थानीयले गुनासो गरे ।
वर्षात् लागेसँगै कालिका जाने मुलबाटोलगायत आवतजावत गर्ने काशिंला खोलामाथिको पुल बाढीले बगाएपछि ढुवानीमा समस्या आएकाले खाद्यान्न सङ्कट भएको मुड्केचुला गाउँपालिका-१ का अध्यक्ष भानुभक्त बोहराले बताए ।
असारको पहिलो हप्ता देखि गाउँपालिकामा खाद्यान्न सङ्कट भएको बताउँदै बोहराले नेपाल खाद्य संस्थान, डोल्पा शाखालाई पटकपटक खाद्यान्न आपुर्ति गरिदिन परिपत्र गरेपनि नपठाएको गुनासो गरे ।
मुड्केचुला गाउँपालिकाको लागि आर्थिक वर्ष०७५/०७६ का लागि ३ हजार क्वीन्टल चामल विनियोजन भई आपुर्ति र वितरण समेत भइसकेको र नयाँ आर्थिक वर्षको लागि भर्खरै मात्र टेण्डर खोलेकाले भदौको दोस्रो हप्ता भित्रमा चामल सम्बन्धित बस्तीमा पुग्ने नेपाल खाद्य संस्थान, डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए ।
से-फोक्सुण्डो गाउँपालिकामा पनि नेपाल खाद्य संस्थानले उपलब्ध गराउने चामल र नुन एक वर्षदेखि नपाएको स्थानीय पेम्बा लामाले बताए ।
नेपाल खाद्य संस्थानले ढुवानी अनुदानमा उपलब्ध गराउने चामल नपाएपछि बजारमा पाइने महङ्गो चामल किनेर खान बाध्य भएको लामाको भनाई छ ।
उत्तरी सिमा नाकामा पर्ने से-फोक्सुण्डो गाउँपालिकालगायत डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा काठमाडौँबाट ल्हासा हुँदै तिब्बत भएर डोल्पामा चामल पुर्याउने गरिन्छ ।
तर, गएको आर्थिक वर्षको चामल पठाइएको भएपनि तिब्बती र डोल्पाको सिमानाका पर्ने मोरिम र क्याटो नाका वर्षमा एक पटक यार्साको सिजनमा मात्र खुल्ने भएकाले ढुवानीमा ढिला भएको नेपाल खाद्य संस्थानले जनाएको छ ।
उपल्लो डोल्पाका तीन गाउँपालिकाका जनताका लागि ६ हजार क्वीन्टल चामल र नुन काठमाडौँबाट तिब्बत हुँदै डोल्पाको लागि पठाईसकेकाले भदौ १ देखि १० गतेसम्म स्थानीयले खाद्यान्न किन्न पाउने पनि शाखा प्रमुख पाण्डेले बताए ।
हरेक वर्षभदौ १ गतेदेखि १५ दिनसम्म बहुमुल्य जडिबुटी यार्सागुम्बाको व्यापारको लागि उपल्लो डोल्पा र तिब्बत सिमा नाकामा पर्ने क्याटो र मोरिम नाका तिब्बतले खुला गर्ने हुँदा सोही समयमा स्थानीयले आफूहरूलाई चाहिने दैनिक उपभोग्य सामग्री खरिद गरेर वर्षदिनको लागि मौज्दात गरेर राख्ने गर्छन् ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…