डेढ वर्षदेखि चौरमा पठनपाठन गराउन बाध्य
ताँजाकोट गाउँपालिका –२ मैलामा रहेको धर्मोदय माविका विद्यार्थी डेढ वर्षदेखि चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।
०७६ साउन ३१ गते आएको बाढीले विद्यालय भवन भत्किएपछि सो ठाउँका ५ सय विद्यार्थी खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएको ताँजाकोट गाउँपालिका स्थानीय कृष्ण मल्लले गुनासो गर्नु भयो ।
‘खाली चौरमा ढुङ्गाको बेन्च बनाएर विद्यार्थीहरू पठनपाठन गर्न बाध्य छन् । अझै कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?’ उहाँले भन्नुभयो । बाढीले विद्यालय भवन भत्काएपछि कर्णालीको मुख्यमन्त्री सहितको टोली तत्काल राहत ल्याएर हुम्ला पुगे पनि फेरी फर्केर नआएको मल्लले गुनासो गर्नुभयो ।
खाली चौरमा पढाउँदा बेलाबेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त जैसीले बताउनुभयो । कक्षा ६ देखि १२ सम्म अध्यापन हुने विद्यालय पानी परे बन्द गर्नुपर्ने र पालैपालो विद्यार्थीलाई चौरमा राखेर पढाउनुपर्ने अवस्था रहेको प्रअ जैसीको भनाई छ ।
विद्यालय भवन निर्माणका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारले ९० लाख रूपियाँ पठाए पनि उक्त बजेट गाउँपालिकाको खातामा थन्किएको छ ।
भवन कहाँ बनाउने भन्ने टुङ्गो नहुँदा बजेट खातामा रोकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…