डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारलाई ज्ञापनपत्र
बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आमरण अनसन थालेको १३ औं दिन पुगिसक्दा पनि सरकार र व्यवस्थापिका संसदले त्यसप्रति चासो नदेखाएको भन्दै उनको जीवन रक्षाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित पाल्पामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूले प्रधानमन्त्रीलाई साउन ७ गते ज्ञापनपत्र पठाएका छन् ।
डा. केसी चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर ०६९ असार २१ गते पहिलोपटक अनसन बसेका थिए । केसीले यसअघि सात पटक आमरण अनसन बसिसकेका छन् । अहिले उनी आठौँ अनसनमा छन् ।
सरकारले वार्ताटोली गठन गर्नु र सदनमा केसीका विषयमा प्रस्ताव दर्ता हुनु सकारात्मक भएपनि त्यसले गति लिन नसक्दा केसीको स्वास्थ्य अवस्था थप कमजोर हुँदै गएकोले अनसनको तत्काल अन्त्य हुने वातावरण बनाउन आवश्यक छ ।
'त्यसका लागि सरकारले तत्कालै केसीसँग बार्ता गरि उनका जायज मागहरुलाई तत्कालिन र दीर्घकालिन रुपमा सम्बोधन गर्न सरकार लाग्नुपर्ने देखिन्छ । समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आएका समाजका प्रतिष्ठित नागरिक अगुवाका जायज धारणालाई सरकारले निरन्तर चासो नदिनु उचित देखिदैन ।'- ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले उक्त ज्ञापनपत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए ।
ज्ञापनपत्रमा इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनासहित १६ वटा मानव अधिकार सम्बद्ध संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…