डाक्टर अभावमा कोभिड-१९ सङ्क्रमणबाट पीडितले आफ्नो खर्चमा हेलिकोप्टर चार्टर

  ०७७ मङ्सिर १ गते

नाम्खा गाउँपालिका-४ यालवांगका ६१ वर्षीय पुरुष कोरोनाको सङ्क्रमणबाट ग्रस्त भएको भन्दै निजी खर्चमा कात्तिक ३० गते हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना अनुसार पालिका स्तरमा कोरोना अस्पताल स्थापना गर्ने भनियता पनि नाम्खा गाउँपालिकामा जनशक्ति अभाव भएका कारण ६१ वर्षीय पुरुषमा श्वास/प्रश्वासमा समस्या आएपछि गाउँपालिका केन्द्र याल्वाङ्गदेखि सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको विमानस्थल कार्यालयका प्रमुख विष्णुबहादुर अधिकारीले बताउनु भयो । सङ्क्रमित पुरुषले आफ्नै व्यक्तिगत रूपमा १० लाख रुपियाँमा हेलिकोप्टर चार्टर गरी काठमाडौँको हृयाम्स अस्पतालमा उपचारका लागि लगिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार हुम्लामा पर्याप्त मात्रामा कोभिड-१९ सङ्क्रमण सम्बन्धी उपकरण र औषधि नभएपछि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता भएको हो । सङ्क्रमित व्यक्तिलाई लिनका लागि हृयाम्स अस्पतालका दुई जना विशेषज्ञ डाक्टरको टोली समेत नाम्खामा पुगेको थियो ।


नन्द सिंह