ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी
मन्त्री परिषदको माघ १४ गते बसेको बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सुवर्णपुरमा रहेको गाउँपालिका कार्यालयमा माघ १७ गतेदेखि स्थानीयले तालाबन्दी गरेका हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र सारिएको जानकारी गराएपछि स्वस्फूर्त रूपमा स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
०७४ माघ १५ गते भएको ठोरी गाउँपालिकाको पहिलो गाउँ सभाबाट बहुमत सदस्यको निर्णयको आधारमा गाउँपालिकाको सेवा केन्द्र ठोरी ४ को घ्याङ्डाडा सार्ने निर्णय भएको थियो ।
त्यसका विरूद्ध सुवर्णपुरमा २ महिना ५ दिन भन्दा लामो समय आन्दोलन भएको थियो । सेवा केन्द्र परिवर्तनको निर्णय सार्वजनिक भएलगत्तै सुवर्णपुरबासीहरू पुनः आन्दोलित भएका छन् । स्वतस्फूर्त सुवर्णपुर चोकमा भेला भएका स्थानीयले विरोध गरिरहेका छन् ।
गाउँपालिका कार्यालय अघि भेला भएका स्थानीयले निर्णय सच्याउनुपर्ने भन्दै विरोध प्रदर्शन गरिरहेको विमल प्रधानले जानकारी दिएका छन् ।
उनका अनुसार विरोधमा उत्रिएका स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन् । गाउँपालिका कार्यालयमा भएको तालाबन्दीका कारण महत्वपूर्ण कामहरू प्रभावित भएको गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताए ।
केसी लामिछाने
सम्बन्धित समाचारहरू
इन्सेक प्रतिनिधिद्वारा पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले मानव अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत प्राप्त गरेको पुरस्कार मानव अधिकार उल्लङ्घनका पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको छ । इन्सेकले…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १२ गते)
फागुन १२ गते ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार
भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिका मनिका नाथलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टलाई फागुन १० गते गिरफ्तार गरेको छ । फागुन १०…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा प्रहरीले केआइसिंह गाउँपालिका-३ का २० वर्षीय राहुल पार्कीलाई फागुन ११ गते अत्तरियाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई भारतको हैदरावाद…
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सूर्यगढी गाउँपालिका–९ का २८ वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको फागुन १० गतेको इजलासले…