ट्रेड यूनियनमा आबद्ध हुन खोजेको आरोपमा उद्योगद्वारा मजदुर निष्काशित
बुढीगङ्गा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिले ट्रेड युनियनमा आबद्ध हुनका लागि मजुदरले दस्तखत गरेको विषयलाई लिएर १ सय ८४ जना मजदुरलाई कामबाट निष्काशन गरेको पीडित पक्षले आरोप लगाएको छ ।
ट्रेड युनियनमा आबद्ध हुनका लागि १ सय ८४ जना मजदुरले पुस ९ गते दस्तखत गरेको आरोपमा उद्योगले पुस १० गते गेटमै रोकेर दस्तखत गर्नेहरूलाई कामबाट निष्काशन गरेको नेपाल कारखाना श्रमिक सङ्घ आरती स्ट्रिप्स इकाईका अध्यक्ष ४४ वर्षीय सुरेशकुमार शाहले बताउनु भयो ।
पुस ९ गते काम गरेर घर फर्किएका मजदुरहरूलाई पुस १० गते उद्योग प्रशासनले गेटमै रोकेर प्रवेश निषेध गरेको ३४ वर्षीय मजदुर सुरज यादवले बताउनु भयो ।
कामबाट हटाइएपछि पीडित बनेका मजदुरहरूले पुस १२ गते श्रम तथा रोजगार कार्यालय विराटनगरमा निवेदन दिएर काम फर्किन माग गरेको नेपाल कारखाना श्रमिक सङ्घ आरती स्ट्रिप्स इकाईका अध्यक्ष ४४ वर्षीय सुरेशकुमार शाहले बताउनु भयो ।
कामबाट निष्काशनमा परेका मजदुरहरूले पुस १२ गते रोजगार कार्यालय विराटनगरमा न्यायका लागि पहल गरीदिन निवेदन दिएपछि वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले मजदुरहरूलाई पुर्नबहाली गर्न निर्देशन दिएको बताउनु भयो ।
उद्योग प्रशासनले अटेर गरेपछि श्रम ऐन २०७४ को दफा १६७ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको अधिकृत सञ्जेलले बताउनुभयो ।
उहाँले पुस १६ नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालय र बैङ्किक कार्यालय थापाथलीलाई पत्राचार गर्दै आरती स्ट्रिप्सका देशभरका खाता रोक्न आग्रह गरिएको बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा ३४ को उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकहुने भन्ने उल्लेख छ ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…