ट्यूसन सेन्टरमै विद्यार्थी कुटिए

  ०७४ चैत १ गते

आठबिसकोट नपा-९ राडिबजारस्थित शैक्षिक सुधार केन्द्रमा ट्यूसन पढ्दै आएका आठबिसकोट नपा-१० का १६ वर्षीय पवन सिंहलाई शिक्षक टोपबहादुर ओलीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

ट्युसन पढ्न गएका पीडित बालकलाई आरोपितले फागुन ३० गते शिक्षक ओलीले कुटपिट गरेको अभिभावकको आरोप छ ।

पीडित बालकलाई आरोपितले पाइपको लठ्ठीले कुटपिट गर्दा घाइते सिंहको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी सिंहलाई यातना दिएको भन्दै पीडित पक्षले शिक्षकलाई कारबाहीको माग गरेको छ । कक्षाकोठाभित्र 'अवाञ्छित' क्रियाकलाप गरेकोले सामान्य कुटपिट गरेको शिक्षक ओलीको भनाइ छ ।


मनिषा केसी