झडपलाई नियन्त्रणमा लिन हवाई फायर, अवस्था समान्य

  ०७४ मङ्सिर १० गते

बलेफी गाउँपालिका-८ को टोकास्थित कालीदेवी प्रावि मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाउने र नपाउने पक्षबिचको विवादका कारण भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

झडपमा बेलफी गाउँपालिका वडा नं. ८ का वडा सदस्य तथा वाम गठबन्धनका कार्यकर्ता लक्ष्मण अधिकारी र सोही ठाउँका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता ६२ वर्षीय सुकुमान तामाङ समान्य घाइते भएको सोही वडाका वडा अध्यक्ष चरिबहादुर तामाङले बताए ।

त्यस्तै सुनकोशी गाउँपालिका-६ थुमपाखर स्थित देउराली प्राविको मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धाका कार्यकर्ताहरूको एक समूह मतदान केन्द्रमा जर्बजस्ती प्रवेश गर्न खोज्दा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।


नातिबाबु धिताल