ज्येष्ठ र अपाङ्गता भएका नागरिक घुम्ती शिविरबाट परिचयपत्र पाएकोमा खुसी
जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरूले ०७३ कात्तिक २६ गतेदेखि जिल्लाको थलाकाँडा र गाँजरी गाविसमा घुम्ती शिविर आयोजना गरेपछि आफूहरूले आधिकार पाएकोमा स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिक खुसी भएका छन् ।
जिल्ला सदरमुकामदेखि तीन दिनको पैदल दुरीमा पर्ने बैतडीको विकट क्षेत्र थलाकाँडा र गाँजरीमा घुम्ती शिविरमार्फत नेपाल सरकारले जिल्लामा प्रवाह हुने सेवालगायत ज्येष्ठ नागरिकहरूले पनि नागरिकता र ज्येष्ठ नागरिक परिचयपत्र पाएका हुन् । अब उनीहरूलाई सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।
घुम्ती शिविरको माध्यमबाट थलाकाँडा र गाँजरी गाविसका ७४ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् भने १० जना ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । 'सदरमुकाम टाढा भएकाले जानसकेको थिइनँ । सरकारले गाँउमै आएर परिचयपत्र दिँदा निकै खुसी लागेको छ ।'-थलाकाँडा गाविसका ७३ वर्षीय ज्येष्ठ नागरिक महासिंह साउदले भने ।
शिविर मार्फत उमेर पुरा भई आर्थिक अभाव र भौगोलिक विकटताका कारण नागरिकताबाट वञ्चित ७ सय ३३ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक आचार्यले बताए ।
उक्त क्षेत्रका अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूले परिचयपत्र नपाउँदा सरकारबाट पाउने सेवा सुविधालगायत सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनन् । 'वषौँसम्म नपाएको अधिकार घुम्ती शिविरले पायौँ ।'-शिवलिङ्ग गाविसका ९४ वर्षीय ज्येष्ठ नागरिक मुनादेवि जोशिले भनिन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…