जोखिममा परेका मानव अधिकार रक्षकहरूलाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०७३ कात्तिक २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जोखिममा परेका दुई जना मानव अधिकार रक्षकलाई कात्तिक २७ गते ५ हजार ५ सयका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

सहयोग पाउनेहरूमा लहान नपा-२० का ३० वर्षीय दिलिप सिंह र अर्नमा (प्र.पी.) गाविस-३ निवासी ३८ वर्षीया महिला मानव अधिकार रक्षक देवकुमारी महरा रहेका छन् ।

photo20161113siraha-1

मानव अधिकार सञ्जाल सिरहाको संयोजनामा लहानमा आयोजित मानव अधिकार रक्षकहरूबिच इन्सेक केन्द्रीय कार्यालयकी परियोजना संयोजक सारा न्यौपानेले जनही ५ हजार ५ सयका दरले उक्त रकम सञ्चारकर्मी सिंहलाई र महरालाई दिइने रकम महिला मानव अधिकार रक्षक संजाल सिरहाकी सचिव गङ्गा अधिकारीलाई हस्तान्तरण गरेकी हुन् ।

photo20161113siraha-3

सिंह नयाँ पत्रिका दैनिकमा सिरहा सम्बाददाताका रूपमा कार्यरत पत्रकार मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुबाट जोखिममा परेका थिए भने ओरेक नेपाल सिरहामा कार्यरत महिला मानव अधिकार रक्षक सञ्जाल सिरहाकी अध्यक्ष देवकुमारी महरा बालविवाह विरुद्धको अभियानका क्रममा पीडक समुदायबाट जोखिमपूर्ण अवस्थामा रहेकी हुँदा सुरक्षा र न्यायिक सहयोगकका लागि प्रोत्साहन स्वरुप रकम प्रदान गरिएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रलेख अधिकृत देवराज पोखरेलले बताए ।

photo20161113siraha-2


दुर्गा परियार