ज्येष्ठ नागरिकको अधिकार र अवस्थाबारे अन्तरक्रिया सम्पन्न
ज्येष्ठ नागरिकको मानव अधिकारको वर्तमान अवस्था र सरोकारवालाहरूको भूमिका विषयमा ०७७ चैत १३ गते हेटौँडामा अन्तरक्रिया सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको समन्वयमा जिल्लाका सरोकारवालासँग जेष्ठ नागरिकको अवस्थाबारे अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा आयोगकी ज्येष्ठ नागरिक फोकल पर्सन कल्पना आचार्यले जिल्लामा सञ्चालित पाँचओटा बृद्धाश्रमको निरिक्षण तथा अनुगमन गरिएको र सोको अवस्थाबारे प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने बताउनुभयो ।
जिल्लामा सञ्चालित अधिकांश बृद्धाश्रमहरू सरकारको मापदण्ड अनुसार नरहेको र केही मात्र बृद्धाश्रमहरू राम्रोसँग सञ्चालन भएको पनि आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चितताको लागि सबै पक्षले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले ज्येष्ठ नागरिकको अधिकारमूखी अवधारणाबाट अघि बढ्नुपर्ने बताउनुभयो । सबै नागरिकले ज्येष्ठ नागरिकको विचारलाई सम्मान गर्दै राज्यका सबै निकायले दायित्व सम्झेर काम गर्न गौतमले सुझाव दिनुभयो ।
कार्यक्रममा दिव्यसेवा निकेतन बृद्धाश्रमका अध्यक्ष टिआर निरौलाले बृद्धाश्रम सञ्चालनमा प्रदेश सरकार र स्थानीय सरकारबाट सहयोग प्राप्त भएको बताउनुभयो ।
यस्तै जिल्लाका विभिन्न सहयोगी भावना भएका मानिसहरूको सहयोगबाट ज्येष्ठ नागरिकको सहयोग गर्दै आएको निरौलाले बताउनुभयो ।
यसैगरी हेटौँडा उपनगरपालिका–२ मा रहेको ओम बृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलले आश्रममा २४ पुुरुष र १० महिला बस्दै आएकोमा ज्येष्ठ नागरिकमा नागरिकताको समस्या रहेको बताउनुभयो ।
पौडेलले कानुनको समस्याले नागरिकता पाउन नसक्दा राज्यले दिएको सामाजिक सुरक्षाबाट ज्येष्ठ नगारिकहरू वञ्चित हुन परेको बताउनुभयो ।
साथै पौडेलले राज्यको तर्फबाट अक्षय कोष स्थापना भए बृद्धाश्रम सञ्चालनको लागि सहज हुने बताउनुभयो ।
यस्तै हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको श्रीमद्भागवत् ज्ञान सञ्चार बृद्धाश्रमका अध्यक्ष तथा जिल्ला ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष हरि सिग्देलले ज्येष्ठ नागरिकहरूलाई राज्यले प्रदान गरेको छुटहरू कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीका सचिव सरोज खनालले राज्यले सवारी करमा दिँदै आएको छुटमा कटौति गरेपछि सार्वजनिक सवारीमा आरक्षणको व्यवस्था हटाएको बताउनुभयो ।
उहाँले राज्यले सवारी करमा छुट गरे पुनः ज्येष्ठ नागरिक आरक्षण कोटा राख्ने बताउनुभयो । यसैगरी कम्पनीसँग रहेको एम्बुलेन्स र शवबाहन आवश्यक पर्दा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका महिला तथा सामाजिक महाशाखा प्रमुख भीम तिमल्सिनाले ज्येष्ठ नागरिकको अधिकारलाई सुनिश्चितताको लागि जेष्ठ नागरिकमैत्रि कार्यक्रमको लागि बजेट विनियोजन हुँदै आएको बताउनुभयो ।
यस्तै ज्येष्ठ नागरिकको सहजताको लागि वडा तहबाटै बृद्धभत्ता लिन सकिने गरी व्यवस्था मिलाएको तिमल्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले परिवारको डरका कारण पीडित ज्येष्ठ नागरिकले उजुरी नगर्ने गरेको पाइएको बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला जेष्ठ नागरिक कल्याण समितिलाई सक्रिय बनाई ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित तथा जिल्लामा सञ्चालित बृद्धाश्रमहरू व्यवस्थित सञ्चालनको लागि निगरानी तथा सहयोग पुर्याउने बताउनुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…