जिल्ला स्तरीय खोज तथा उद्धार समितिमा इन्सेक मनोनीत

  ०७७ वैशाख ८ गते

कोरोना भाइरस (कोभिड–१९)को महामारीपछि गठन भएको जिल्ला स्तरीय खोज तथा उद्धार समिति सिन्धुपाल्चोकमा इन्सेकलाई मनोनीत गरिएको छ ।

जिल्ला स्तरीय खोज तथा उद्धार समितिको ०७७ वैशाख ५ गते बसेकोे बैठकले इन्सेकलाई सो समितिको सदस्यमा मनोनीत गरेको
हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेको संयोजकत्वमा नेपाली सेना, जिल्ला अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा समितिले तोकेका संस्थाहरू सदस्य रहने व्यवस्था गरिएको छ ।

खोज तथा उद्धार समितिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका बेला जोखिममा परेका समुदाय, वर्ग तथा व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई सुरक्षित स्थान तर्फ लैजाने काम गर्दै आइरहेको समितिका संयोजक माधवप्रसाद काफ्लेले बताउनुभयो ।


नातिबावु धिताल