जिल्ला बाल अधिकार समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनोनीत

  ०७७ असार १२ गते

जिल्ला बाल अधिकार समितिको सदस्यमा इन्सेक जिल्ला प्रतिनिधिलाई  मनोनीत गरिएको छ । जिल्ला बाल अधिकार समितिको असार १२ गते बसेको पहिलो बैठकले सामाजिक क्षेत्रबाट इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनलाई सदस्यमा मनोनीत गरेको हो ।

 जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा असार १२ गते जिल्ला बाल अधिकार समिति गठन भएको थियो । समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी प्रमुख, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र जिल्ला बाल न्याय समितिका प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा जिल्ला समन्वय समितिका  सावित्रा पुन हुनुहुन्छ ।

 विषयगत क्षेत्रबाट इन्सेककर्मीसहित विभिन्न ६ जनालाई सदस्यमा मनोनीत गरेको जिल्ला समन्वय समितिका प्रमुख नेपालीले बताउनु भयो । बैठकले चालु आवमा विभिन्न कारणले हिंसा तथा विपतमा परेका बालबालिकाको उद्धार, उपचार र पुनस्थापना गर्ने निर्णय गरेको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज