जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको मृत्यु, आत्महत्या गरेको प्रहरीको दावी

  ०७७ मङसिर ५ गते

जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका डुडुवा गाउँपालिका –३ बनकट्टी का ३५ वर्षीय बावुलाल रैदासले मङसिर ४ गते राति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

डुडुवा गाउँपालिका–३ का १२ वर्षीय बालक सुनिल हरीजनलाई कात्तिक ११ गते अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले कात्तिक १४ गते  रैदासलाई गिरफ्तार गरी म्याद थप गरी अनुसन्धानका राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काले बताउनु भयो ।  डिएसपी खड्का अनुसार रैदास प्रहरीको हिरासत कक्षको शौचालयको भेण्टीलेटरमा कपडाको पासो बनाएर झुण्डिएको अवस्थामा मङ्सिर ५ गते बिहान मृत फेला परेको बताउनु भयो  ।

मृतकका आफन्त, वडा कार्यालयका जनप्रतिनिधि, चिकित्सक, मानवअधिकारकर्मी  प्रशासन लगायतका निकायलाई खवर गरेर घटनास्थलको मुचुल्का तयार गरेको डिएसपी खड्काले बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर ५ गते भेरी अस्पताल, नेपालगञ्ज गरी शव आफन्तको जिम्मा लगाइएको प्रहरी जनायो ।


स्मृति देवकोटा