जिल्ला कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु
जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला तिलोतमा नगरपालिका –५ का ५५ वर्षीय राजन भनिने रामप्रसाद पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा भदौ २० गते मृत्यु भएको कारगार प्रशासनले जनाएको छ ।
शरिर सुन्निएका पाण्डेलाई भदौ २० गते उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएकोमा जिल्ला अस्पताले बुटवल रिफर गरेपछि सोही दिन लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार गराउने क्रममा मृत्यु भएको र उहाँलाई मुटु सम्बधी रोग भएको अस्पतालले जानकारी दिएको जिल्ला कारागार प्रमुख कृष्णप्रसाद आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
जिल्ला अदालतले उहाँलाई चोरी मुद्दामा ०७७ जेठ ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
मृतकका आफन्तले शवको पोष्टमार्टम गराउन नमानेकोले पोष्टमार्टम नगरी शव परिवारको जिम्मा लगाइएको कारागार प्रमुख आचार्यले बताउनु भयो ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…