जिल्ला अस्पतालमा निःशुल्क औषधि सकिँदै
सरकारले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको निःशुल्क औषधि सकिएपछि जिल्ला अस्पताल इलामले अहिले ३० प्रकारका मात्र औषधि उपलब्ध गराउन थालेको छ ।
७० प्रकारका औषधि निःशुल्क दिने भनिएपनि बजेट अभावमा अस्पतालले बिरामीहरूलाई ३० प्रकारका औषधि दिन थालेको जिल्ला अस्पतालकी सूचना अधिकारी रिता अधिकारीले बताइन् ।
जिल्ला अस्पताललाई २५ शैयाबाट स्तरबृद्धि गरेपछि निःशुल्क औषधिमा कटौती भएको अधिकारीको भनाइ छ । अस्पतालको स्तरबृद्धि भएसँगै केन्द्रबाट आउने औषधि आउन छोडेको र गतवर्ष औषधिका लागि छुट्याइएको २८ लाख रुपियाँको औषधि पनि सकिन लागेको अधिकारीले जानकारी दिइन् ।
'पहिला ७० प्रकारका औषधि निःशुल्क दिइन्थ्यो । अस्पताल ५० शैयामा स्तरबृद्धि गरिएपछि केन्द्रबाट औषधि आउँदैन, बजेट पनि आउँदैन ।'-अधिकारीले भनिन्-'जनस्वास्थ्य कार्यालयले पठाइदिएको सिटामोल, जीवनजल, जुकाको जस्ता औषधिमात्र छन् ।'
अधिकारीका अनुसार गतवर्ष२८ लाख रुपियाँमा खरिद गरिएको औषधिले ६ महिना सम्ममात्र धानेको थियो । उच्च रक्तचाप, मधुमेयजस्ता दीर्घ रोगीलाई निःशुल्क दिइने औषधि पनि सक्किएर दिन छाडिएको छ ।
'चालू आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकमा नगरक्षेत्रभरिका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरि औषधि खरिदमा ७ लाख रुपियाँ छुटि्टएको कुरा छ । तर, त्यसको औषधि आइपुगेको छैन ।'-अधिकारीले भनिन्-'जिल्ला अस्पतालमा भएको बाँकी ३० प्रकारका औषधिले अब धेरै धाने एक महिनामात्र धान्न सक्छ । त्यो पनि गार्हो छ ।' जिल्ला अस्पतालमै निःशुल्क दिइने औषधि नहुँदा औषधि किनेर उपचार गर्न नसक्ने सर्वसाधारण भने प्रत्यक्ष मारमा पर्ने अधिकारीले बताइन् ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…