जिल्ला अस्पतालमा खानेपानीको अभाव

  ०७६ माघ २८ गते

जिल्ला अस्पताल कालिकोटमा एक हप्तादेखि खानेपानीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

मौसम परिवर्तनसँगै रुघाखोकीका विरामी जिल्ला अस्पतालमा बढिरहेको वेला खानेपानीको अभाव भएपछि विरामीलाई समेख समस्या भएको हो ।

बजार क्षेत्रवाट लाइन भएर जिल्ला अस्पतालमा आउने खानेपानी अज्ञात व्यक्तिले १५ ठाउँमा पाइप काटेपछि एकहप्ता अघिदेखि खानेपानीको समस्या भएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सरोज वोगटीले जानकारी दिनु भयो ।

जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका, महाबै गाउँपालिका लगायतका स्वास्थ्य सस्थामा पनि खानेपानीको यस्तै अभाव रहेको अध्यक्ष वोगटीले बताउनु भयो ।

जिल्ला अस्पतालमा खानेपानीको चरम अभाव भएपछि विरामी, कुरुवा, स्वास्थ्यकर्मी लगायतले टाढाबाट बोकेर पानी ल्याउने गरेका छन् । पानी नहुँदा अस्पताल भित्र शौचालय प्रयोग गर्न समस्या रहेको जिल्ला अस्पताल कालिकोटका प्रमुख डक्टर भिष्म पोखरेल बताउनु हुन्छ ।

अति आवश्यक औषधि, आवश्यक उपकरण, दक्ष जनशक्तिको अभाव रहेको जिल्ला अस्पताल कालिकोटमा खानेपानीको समस्या पटकपटक भइरहने र सरसफाइ पनि नभएको सेवाग्राहीको गुनासो छ ।

जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा जाने पानीका पाइप ठाउँठाउँमा काटने व्यक्ति पत्ता लगाएर आवश्यक कारवाही गर्ने कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमवहादुर नेपालीले बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कालिकोटका प्रमुख मङ्गल शाहीले जिल्ला अस्पताल खानेपानीको अभाव भएको विषयमा ध्यानाकर्षण भएको बताउँदै समस्याको समाधानका लागि तत्काल पहल चाल्ने बताउनुभयो ।
20190310_103840 DH photo


कालीबहादुर मल्ल