जिल्ला अस्पतालमा आकस्मिक र प्रसुति बाहेकका सेवा बन्द

  ०७७ मङ्सिर १ गते

श्वास फेर्न गाह्रो भएर अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका-२ का ३० वर्षीय युवामा श्वास/प्रश्वासमा समस्या आएपछि जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि गएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारको कात्तिक २९ गते धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भयो । मृतक नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि बैतडी अस्पतालको प्रयोगशालामा स्वाब सङ्कलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको बैतडी अस्प्तालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले बताउनु भयो ।

यसैबीच, जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढी लैजादै गर्दा मृत्यु भएपछि जिल्ला अस्पताल दार्चुलाको आकस्मिक र प्रसुति सेवा बाहेकको अन्य सेवा बन्द गरिएको छ । ती युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले मङ्सिर १ गतेदेखि आकस्मिक बाहकेका सबै सेवा बन्द गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो । अस्पतालले आकस्मिक र प्रसुति सेवा बाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ ।


नरेन्द्रसिह कार्की