जिल्ला अदालतको सवारी साधनमा अज्ञात पक्षद्वारा आगजनी

  ०७६ साउन १० गते

नवलपरासी बर्दघाट सुस्ता पूर्वको जिल्ला अदालतको बा २ झ ३५०२ नम्बरको जिपमा अज्ञात पक्षले साउन १० गते बिहान आगजनी गरेको छ ।

 

कावासोती–८ थकालीचोक स्थित अर्जुन श्रेष्ठको घरमा भाडामा लिई बस्ने अदालतका श्रेस्तेदार शारदादत्त बडुले घर छेउमा पार्किङ्ग गरेको सवारीमा बिहान करिब २ बजे अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

 

सवारीमा आगजनी भएको भन्दै स्थानीयले जानकारी दिएपछि घटनास्थल पुगेको प्रहरीले आगजनी नियन्त्रणमा लिएको डिएसपी रानाभाटले जानकारी दिए ।

 

आगजनीबाट सवारीको इञ्जिन र अगाडिको टायरमा क्षती भएको र घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे