जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

  ०७५ कात्तिक २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय काठमाडौँ, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र इन्सेक जिल्ला प्रतिनधि सहितको टोलीले कात्तिक २८ गते कञ्चनपुर जिल्लाका मानव अधिकारसँग सरोकार राख्ने कार्यालयहरूमा गएर जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको छ ।

इन्सेक केन्द्रीय कार्यालयका प्रशासन प्रमुख प्रेमप्रसाद पराजुलीको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र नागरिक समाजका प्रतिनिधिहरूसँग मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेका हुन् ।

छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले जिल्लामा बलात्कार, घरेलु हिंसा, आत्महत्याका घटनाहरू बढिरहेको बताए ।

अनुगमन टोलीले जिल्ला कारागार कञ्चनपुरमा गएर समेत कारागारको अवस्थाबारे जानकारी लिएका थिए ।


कोमलनिरन्जन भाट