जातीय विभेद भएको भन्दै पीडितद्वारा उजुरी

  ०७७ वैशाख १ गते ।

खार्पुनाथ गाउँपालिका–२ थालीका ४८ वर्षिय गड्के दमाई र २५ वर्षिय राजेन्द्र दमाइले आफूमाथी जातिय विभेद भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ ।

 
०७६ चैत २८ गते सोही गाउँका ३० वर्षिय लालु रावल, ४० वर्षिय भक्ती रावल, ३० वर्षिय बुद्धी रावल लगायतले डुम भन्दै जातिय विभेद र कुटपिट गरेको ओरोपमा पिडितले चैत ३० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गर्नु भएको हो ।

 
ओखरको हाँगो काटेको निहुमा दुई बाबु छोरालाई ढुंगा, काठ, भाला, दाउराले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरि गहिरो घाउचोट बनाएकाले उजुरी गर्न बाध्य भएको राजेन्द्र दमाईले बताउनु भयो ।

 
कुटपिटबाट गट्केको टाउकोमा र छोराको आँखामा गहिरो चोट लागेको र घाइतेको चैत ३० गते नै जिल्ला स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि पु¥याइएको घाइतेका आफन्त सुरेश परियारको भनाई छ ।

 
उजुरी पश्चात प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गर्ने डिएसपि रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।                                                                                                                                


नन्द सिंह