जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पुजारीविरुद्ध उजुरी
पुनर्वास नपा-६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकलाई पुनर्वास नपा-६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन मन्दिरका पुजारीले जातीय विभेद गरेको आरोपमा फागुन १५ गते इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा पुजारीविरूद्ध उजुरी दर्ता गरिएको छ ।
मन्दिरका पुजारी बलराम भट्टराई र पुजारीका सहयोगी श्रीकृष्ण नेपालले दलित समुदायका मान्छेहरूले गैरदलितहरूसँग मन्दिरमा पूजा अर्चना गर्न नपाइने र दलित भक्तजनले ल्याएको प्रसाद अन्यसँग मिसाउन हुँदैन भनी जातीय भेदभाव तथा छुवाछुतजन्य कार्यलाई प्रोत्साहन गरेको पीडित पक्षको आरोप छ ।
उजुरीका आधारमा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…