जातीय विभेद घटनाका पीडितद्वारा उजुरी दर्ता

  ०७६ असोज २ गते

ठुलीभेरी नपा–३ दुनै बस्ने ३४ वर्षीय जयन्द्र बिकलाई सार्वजनिक बाटोमा जातीय विभेद गरेको भन्दै पीडितले ठुलीभेरी नपा–३ उपल्लो दुनैमा रहेको धुव्रतारा आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय लक्ष्मण कार्की र ४२ वर्षीया शिक्षिका शान्ति कार्कीविरूद्ध जिल्ला प्रशासन कार्यालय, डोल्पामा उजुरी दिएका छन् ।

आरोपितद्वयले भदौ २९ गते दुनै बजारबाट उपल्लो दुनैतर्फ जाँदै गर्दा सातिविरे भन्ने स्थानमा आपूmलाई जातीय विभेद गरेको भन्दै पीडितले असोज १ गते आरोपितद्वयका विरूद्ध उजुरी दिएको बताएका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले पीडित पक्षको उजुरी दर्ता भएको बताउँदै सत्यतथ्य बुझेर घटनामा कारवाही अगाडि बढाउने जानकारी दिए ।

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ ले छुवाछुत घटनाका दोषीलाई ६ महिनासम्म कैद र ५० हजार रुपियाँसम्म सजायको व्यवस्था गरेको छ ।

सोही ऐनमा सार्वजनिक पद धारण गरेका ब्यक्तिले जातीय भेदभाव तथा छुवाछुत गरेको खण्डमा उल्लेखित सजायमा ५० प्रतिशत थप सजाय हुने व्यवस्था समेत छ ।


बिष्णुप्रसाद देवकोटा