जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७६ वैशाख ३१ गते

नारायण नपा–१० भवानीका ३६ वर्षीया लछिमा बिकलाई जातीय विभेद गरेको भन्दै पीडित पक्षले सोही ठाउँकी २३ वर्षीया राजकुमारी न्यौपानेविरूद्ध पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दर्ता गराएको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ३० गते छापमेला टोलको सार्वजनिक धारामा पानी भर्न लाग्दा गाग्री छोएको भन्दै कुटपिट गरेको र विभेदजन्य व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको टाउकोमा चोट लागेकाले जिल्ला अस्पतालमा लगिएकोमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ ।

घटनाका आरोपित राजकुमारी न्यौपाने फरार भएकोले खोजी कार्य जारी रहेको र पीडित पक्षको उजुरीको आधारमा घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।


अमर सुनार